Nepali date


शुक्रबार, भदौ ६, २०७६

जापानमा ३ युवाले संचालन गरेको ‘रारामार्ट’ नेपालमा पनी सेवा सुरु गर्दै

काठमाडौं । विद्यावारिधिका लागि जापान आएका ३ युवाले जापानमै सुरु गरेको ई-कमर्स ‘रारामार्ट’ ले अब नेपालमा पनि सेवा थालेको छ ।

अध्ययनका लागि जापान आएका तीन नेपाली युवा प्रकाशचन्द्र सापकोटा, जीवन अम्गाई र भरतसिंह नेगी ई-कमर्स व्यवसायमा पनि स्थापित हुँदै नेपालमा पनी सेवा सुरु गरेका हो ।

ग्लोबल ई-कमर्सको दुनियामा अमेरिकापछिको दोश्रो प्रतिस्पर्धी बजार जापानमा ई-कमर्स व्यवसायमा टिकेर अघि बढ्नु उनीहलाई सजिलो कुरा थिएन । तर, चुनौतीलाई स्विकारेर अघि बढेका उनीहरुले अब नेपालमै पनि व्यवसाय विस्तार गरेका छन् । र, विश्वभर विस्तारको सोच बनाएका छन् ।

नेपालमा झण्डै १ वर्षदेखि ‘रारामार्ट डटकम’ परीक्षणमा छ । प्रचार प्रसारविना नै व्यवसायिक रुपमा कारोबार थालेपनि अब केही दिनपछि बजारमा आक्रामक रुपमा प्रस्तुत कम्पनीका संस्थापक निर्देशक सापकोटा बताउँछन् ।

‘प्रविधिमा आधारित व्यवसाय भएको हुँदा प्राविधिक पक्षको सफल परीक्षण नगरी आउँदा जोखिम हुनसक्छ । तयारी सकियो, हामी अब आक्रामक रुपमा अघि बढ्छौं,’ उनी भन्छन् ।

चिनिया ई कमर्श जाइन्ट ‘अलिबाबा ग्रुप’का प्रमुख ‘ज्याक मा’लाई आदर्श ठान्ने कम्पनीका निर्देशक सापकोटा ‘मा’को संघर्ष र सफलताको कथाले उत्प्रेरित गरेको बताउँछन ।

जापानको रोक्कोमिचीमा अवस्थित पार्कमा कोरिएको पहिलो बिजिनेस स्केचबाट सुरु भएको रारामार्टको मुख्य विशेषता भनेको सस्तोमा गुणस्तरीय वस्तुहरु बिक्री गर्नु भएको कम्पनी बताउँछ ।

अमेजन, राकुतेन जस्ता बिलियन डलरका विश्वका अब्वल सपिङ कम्पनीहरुको उच्च तहको प्रतिस्पर्धा रहेको जापानमा कम्पनी टिकाउनु निकै चुनौतीपुर्ण रहेको बताउँछन अर्का निर्देशक डा. जीवन अम्गाई ।

उनकाअनुसार जापानमा रारामार्टले पहिलो चरणमा जापानमा बस्ने विदेशी नागरिकहरुलाई लक्षित गरिरहेको छ र निकै कम मार्जिनमा सामानहरु बिक्री गरिरहेको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया