काठमाडौं । बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी नियन्त्रणमा आएको छ । इन्टरनेट र केवुल टेलिभिजनको सेवा प्रदायक कम्पनी सुबिसुमा बुधबार लागेको आगो नियन्त्रणमा आएको हो ।
सुविसुको बालुवाटारस्थित मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो १२ बजेतिरबाट सुरु भएको आगलागि नेपाल प्रहरी, सशष्त्र प्रहरी, जुद्ध बारुण यन्त्रको पहलमा करिव साँढे १ बजेतिर नियन्त्रणमा आएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीले दमकलका सहायतामा करिव डेढ घण्टा पछि आगो नियन्त्रणमा लिएको सुविसु केवुल नेटवर्क प्रालिका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिनु भयो ।
आगलागीका कारण अवरुद्ध भएको सबै सेवा एक घण्टा भित्र सूचारु हुने र बालुवाटारको हकमा भने भोलि बिहानसम्म सबै सेवा सूचारु गराउने गरी काम सुरु गरिएको जानकारी दिए ।
सुविसुले अहिले सबै सेवा संचालनको काम थापाथलीस्थित कार्यालयबाट भईरहेको जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले प्रज्जलनशील सामाग्री भण्डारण भएको स्थानमबाट आगो सुरू भएको जानकारी दिए।
जेनेरेटर नजिकै डिजेल स्टक रहेको ठाउँबाट आगलागी भएको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी छ ।

