Nepali date


शुक्रबार, भदौ ६, २०७६

अधिकारीद्वारा एनआरएनए जापानको युवा संयोजकमा उम्मेद्धारी दिने

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको आगामी कार्यकालका लागि राजकुमार अधिकारीले युवा संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

धादिङ् जिल्लामा जन्मिएका अधिकारी सन २००७ देखि जापानमा रहँदै आएका छन् । अधिकारीले हाल जापानको नागोयामा व्यवसाय संचालन गर्दै आएका छन् । सन २०१० देखिनै आफ्नो पेशा व्यवसायका साथ सामाजिक कार्यमा क्रियाशील अधिकारी एनआरएनए जापानको वर्तमान कार्यसमितीमा पनि सदस्य पदमा कृयाशील छन् । अधिकारी धादिङ् समाज जापानको सल्लाहकार पनि हुन् । जापानका विभिन्न सामाजिक संस्थाहरुमा स्वयमसेवा गरेका अधिकारी जापानमा रहेका नेपाली विद्यार्थी/ कुक तथा अन्य विभिन्न भिसा स्टाटसमा रहेका व्यक्तिहरुको सेवामा निरन्तर लाग्दै आएका छन् । गैरनाफामुलक संस्थाको माध्यमबाट नेपालमा पनि आर्थिक तथा अन्य विविध सहयोगमा जुटिरहेका अधिकारी जिम्मेवार पदमा रहेर अझ जिम्मेवारी पूर्ण कार्य गर्नका लागि पनि यस पटकको अधिवेशनमा सो पदको लागि आफ्नो दावेदारी रहेको बताउँछन् ।

नागोया क्षेत्रमा रहेर एनआरएनए अभियानलाई भरपुर सहयोग गरिरहेका अधिकारी केन्द्रीय समितीको युवा संयोजकको पदमा रहि जापानवासी गैरआवासीय नेपालीहरुको हकहितका लागि अझ बढि सक्रियताका साथ लाग्ने प्रतिवद्दताका साथ उम्मेदवारी घोषणा गरेको बताउँछन् । यदि आफु युवा संयोजक पदमा चयन भएको खण्डमा एनआरएनए जापानको प्रत्येक क्षेत्रलाई समेटेर युवाहरुलाई सक्रिय बनाई जापानमा सिकेको सिप र गरेको आर्जनलाई जन्मभूमीको हितमा लगाउने बताउने अधिकारी, नेपालको पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सम्बन्ध विस्तारका लागि महत्वपूर्ण भुमिका खेल्ने दावी गर्दछन् ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया