बिहिबार, बैशाख १३, २०८१

सामाजिक सञ्जाल अनुगमन गर्न संयन्त्र

निर्वाचन आयोगले सामाजिक सञ्जाल अनुगमनका लागि संयन्त्र बनाउने भएको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता उल्लंघनका घटना व्यापक बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रभावकारी संयन्त्र निर्माया गर्न लागेको आयोगको भनाई छ ।

सामाजिक सञ्जाल अनुगमनका लागि कार्यविधि र संयन्त्र बनाउने काम गरिरहेको आयोगका उपसचिव सूर्यप्रसाद गौतमले बताए । नागरिक दैनिकमा खबर छ ।