Nepali date


आइतवार, मंसिर २९, २०७६

नेपाल एयरलाईन्सले जापान उडानको लागि एजीटिलाई पिएसए नियुक्त

काठमाडौं । नेपाल एयरलाईन्सले जापान उडानको लागि एडभान्स ग्लोबल ट्रान्सपोर्ट (एजीटि) कम्पनी लिमिटेड, जापानलाई पिएसए नियुक्त गरेको छ ।
नेपाल वायुसेवा निगमले जापानको उडानबाट हुने राजश्व वृद्धिको लक्ष्यलाई उच्च महत्व दिएको छ । निगमले उक्त उडानबाट व्यवसाय र सेवा दुवैलाई समायोजन गरी मुनाफामुखी प्रतिफलका लागि एडभान्स ग्लोबल ट्रान्सपोर्ट (एजीटि) कम्पनी लिमिटेड, जापानलाई पिएसए नियुक्त गरेको हो ।
एजीटि जापानको सर्वाधिक ख्याति प्राप्त ट्राभल्स एजेन्ट एचआईएस समूहबाट सम्बन्धन प्राप्त समुह हो ।
यस समुह सँगको सहकार्य युक्त एजीटिले नेपाल जापान उडानको निरन्तरतालाई थप सशक्त पार्ने अपेक्षा गरिएको छ ।
एजीटि जापानले नेपाल-जापानको उडानमा निगमलाई आवश्यक यात्रु उपलब्ध गराउने सुनिश्चितताको आधारमा एजिटिलाई पिएसए नियुक्त गरिएको छ ।
निगमले गर्ने व्यावसायिक उडानमा यात्रुको सङ्ख्या थप हुँदै जाँदा निर्धारित गन्तव्य प्रतिको आकर्षण बढ्नेछ ।
पुरा तयारीका साथ जापानको उडान निरन्तरतालाई समेत मध्यनजर गर्दै एजीसी जापान सँगको सम्झौतालाई कार्यान्वयन गरिएको छ । सन् २००८ बाट निगमको जापान उडान बन्द रहेको थियो ।
राष्ट्रिय ध्वजाबाहक निगमको अन्तराष्ट्रिय उडानले दुई देश बीचको सम्बन्धलाई जनस्तरमा समेत स्थापित एवम् प्रभावित गर्ने भएकोले निगम आफ्नो गन्तव्य निर्धारण गर्नूका साथै यसको निरन्तरता एवम् व्यावसायिक प्रवर्तनमा समेत केन्द्रित भएको बताएको छ ।

निगमले नेपाल जापानको उडान प्रारम्भ गर्ने क्रममा पिएसए को रुपमा नियुक्त एजीटि कम्पनीसँगको सहकार्यले भविष्यमा दुवैको सम्बन्धमा सुदृढता एवम् व्यावसायिक दिगोपना प्रदान गर्ने विश्वास निगमले लिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया