Nepali date


आइतवार, मंसिर २९, २०७६

जापानमा गर्मीको कारण ५७ जनाको मृत्यु,चिसो पेयपदार्थ सेवन गर्न विज्ञको सुझाव

टोकियो । जापानमा गर्मीका कारण पछिल्लो साता ५७ जना मानिसहरुको मृत्यु भएको छ ।

गत जुलाई २९ तारिख देखि बढ्दो तापका कारण सिर्जित स्वास्थ्य समस्याका कारण उनिहरुको मृत्यु भएको हो । अघिल्लो साताको तुलनामा पछिल्लो साता, अस्पत्ताल पुर्याईएकाहरुको संख्यामा तिन गुणा वृद्दी भएको छ । अघिल्लो साता ५ हजार ६ सय ६४ जनालाई हस्पिटल पुर्याईएको थियो भने पछिल्लो साता यो संख्या बढेर १८ हजार, ३ सय ४७ जना पुगेको छ ।
अग्नी तथा प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार गर्मिका कारण विरामी परी हस्पिटल पुर्याईएकाहरुको यो संख्या सन २००८ पछिको दोश्रो उच्च हो ।

हस्पिटल पुर्याईएका १८ हजार ३ सय ४७ जना मध्ये७ सय २९ जना मानिसहरु कम्तिमा ३ हप्ता सम्म उपचार गराउनुपर्ने कडा खालका लक्षणहरु देखापरेका छन् । त्यस्तै, ६ हजार ५सय ४८ जनामा त्यो भन्दा केहि सामान्य लक्षणहरु देखा परेका छन् भने उनिहरुलाई पनि हस्पिटल भर्ना गरि उपचार गर्नुपरेको छ । बाँकी मानिसहरु सामान्य लक्षण तथा समास्याका कारण हस्पिटल पुगेका बताईएको छ । बिरामी पर्नेहरु मध्ये ५४.३ प्रतिशत ६५ वर्ष तथा सो भन्दा माथीका उमेर समुहका मानिसहरु रहेका छन्।
यस अवधिमा टोकियोमा १८ सय ५७ जना,आईचि प्रिफेक्चरमा १३सय ४२ जना तथा साईतामा प्रिफेक्चरमा १३ सय ७ जनालाई हस्पिटल पुर्याईएको हो । मृत्यु हुनेहरुमा, होक्काईदोमा ७ जना, ईबाराकी र साईतामा ५/५ जना रहेका छन् भने बाँकी अन्य २१ प्रिफेक्चर निवासीहरु रहेका छन् ।

अत्याधिक गर्मिका कारण सम्भावित बिरामीबाट जोगिन, गर्मीबाट बच्ने उपायहरु पानी तथा शरीरलाई चिसो राख्ने पेयपदार्थहरुको सेवन तथा उपयोग गर्न विज्ञहरु सुझाव दिएका छन् । @ तस्विर: विविसी

फेसबुकबाट तपाइको प्रतिक्रिया