सोमबार, बैशाख १४, २०८३

दूरसञ्चारमा नेपाल टेलिकमको वर्चस्व

दुई ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलबीच ग्राहक संख्याको अन्तर दिनहुँ बढ्दै गएको छ ।

६ वर्षअघिसम्म आक्रामक योजनाका साथमा अगाडि रहेको एनसेल पछिल्लो समयमा स्वामित्व परिर्वतनसँगै आन्तरिक समस्यामा परेपछि सरकारी स्वामित्वको कम्पनी टेलिकमको ग्राहक संख्या भने उत्साहजनक रुपमा बढेको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधीकरणले पछिल्लो पटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फमेसन सिस्टम (एमआईएसं अनुसार दुई कम्पनीबीचको अन्तर ५८ लाख नाघेको छ । यो अन्तर भ्वाइस सेवातर्फमात्रै हो ।

टेलिफोन तगा सिमकार्ड खरिद गर्नेको संख्या ४ करोड ११ लाख पुगिसकेको छ । जसमध्ये मोबाइलतर्फ सेवाग्राही नै ४ करोड ३ लाख पुगेका छन् ।कारोबार दैनिकमा खबर छ ।