Nepali date


शुक्रबार, भदौ ६, २०७६

रोल्पा समाज जापानद्वारा एक लाख आर्थिक सहयोग

टोकियो । जापानमा रहेको रोल्पालिहरूको संस्था रोल्पा समाज जापानले दुई व्यक्तिलाई एक लाख दुई हजार येन आर्थिक सहयोग गरेको छ ।
आइतवार टोकियोमा रोल्पा समाज जापानको कार्यसमितिको निर्णय अनुसार रोल्पा समाज जापानले खेलाडी लोक बहादुर केसी र सुरेशकुमार रोकाको लागी आर्थिक सहयोग जुटाई हस्तान्तरण गरेको हो ।

नेपालबाट जापान आउनु भएका पारा टेबलटेनिस खेलाडी गायक तथा संगीतकार लोक बहादुर केसी प्रतियोगिताको लागि जापान आइपुगेका थिए ।
रोल्पा समाज जापानका अध्यक्ष प्रेम प्रकाश रोका मगर र संस्थाका पदाधिकारी र पत्रकार शान्त पहरीको उपस्थितमा रकम संकलन गरि हस्तान्तरण गरेको हो ।

विगत लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहेका रोल्पा लिवाङ निवासी केसी गत वर्षको पारा नेशनल च्याम्पियनशीप उपाधि विजेता हुन् । विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँदै आएका उनले सन् २०१८ मा इन्डोनेसियामा संचालित पारा एसियन गेममा सहभागी भई थाइल्यान्डमाथि शानदार जित हासिल गरेका थिए ।
२३-२७ जुलाई २०१९ मा ताईवानमा भएको पारा एसियन च्याम्पियनशीपमा सहभागी हुनुका साथै ताइवानको खेलपश्चात् जापानमा खुल्ला पारा टेबल टेनिसमा सहभागी हुन केसी जापान आएका थिए ।

यही ८-१० अगस्तमा बैङ्ककमा हुने पारा टेबलटेनिस खुलातर्फ सहभागी हुन लागेका उनले राष्ट्रको झन्डा बोकी देशका तर्फबाट प्रतिनिधित्व गरिरहँदा पनि राज्यले कुनै दायित्वबोध नगरेको र राष्ट्रिय खेलकुद परिषदवाट पनि कुनै सहयोग नपाएकोमा अत्यन्तै दुःख लागेको बताउदै जापानमा रोल्पा समाज जापानले यो सहयोग प्रति कृतत्र प्रकट गरे ।
रक्त अल्पता भई अस्पतालमा उपचाररत परिवर्तन गापा रोल्पाका सुरेश रोका मगर विमारीलाई पनि ५१ हजार येन जेआरएफ रेमिटवाट नेपाल पठाएको छ ।
जापानबासी सहयोगी दाजु भाई तथा दिदि बहिनीहरुलाई रोल्पा समाज जापानले धन्यवाद ज्ञापन गरेको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया