बिहिबार, बैशाख १३, २०८१

तीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा

मन्त्रिपरिषद् बैठकले तीन जना सशक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको छ। जसअनुरुप पुष्पराम केसीलाई साबिकको कार्य तथा सीमा सुरक्षा विभागबाट सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा, नारायणबाबु थापालाई मानव स्रोत विभागबाट सीमा सुरक्षा र रामशरण पौडेललाई प्रशिक्षण प्रतिष्ठान कार्यालयबाट सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानव स्रोत विभागमा सरुवा गरिएको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए।