शनिबार, बैशाख ०८, २०८१

के नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ भारत ?

भारतमा हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्काे गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन्।

भाजपाका प्रभावशाली नेता एवं प्रधानमन्त्री मोदीका विश्वासपात्र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले केही समयअघि नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल हिन्दु राज्य भएको हेर्न चाहेको बताएका थिए। आफ्नै कार्यकक्षमा नेपाली सञ्चारकर्मीको एक टोलीसँग कुरा गर्दै उनले नेपाल फेरि हिन्दु राज्य भएमा बहुसंख्यक भारतीयको समर्थन हुने बताएका थिए।

नेपाल हिन्दु राज्य र राजतन्त्रात्मक मुलुक हुनुपर्छ भनेर योगीले लामो समयदेखि आफ्ना धारणा राख्दै आएका छन्। उनी विगतमा हिन्दु राज्य र राजतन्त्रको पक्षमा हुने कार्यक्रममा सहभागी हुन पटकपटक नेपाल आएका थिए। उनले मुख्य मन्त्रीका रुपमा पनि पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफ्नै कार्यकक्षमा भेट गरिसकेका छन्। नागरिक दैनिकमा खबर छ।