पूर्बराजा ज्ञानेन्द्रले ब्यबस्था विरूद्ध बोले नागार्जुनमा समेत नरहने प्रचण्डको चेतावनी

कैलाश खत्री,काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केहि तानसाहा र निरंकुशताका पक्षधर संघिय लोकतान्त्रीक गणतन्त्रका विरुद्ध लागेको बताउनुभएको छ ।
अहिले राजा माहाराजाका केही पात्रहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने चर्चा गरिरहेको आरोप समेत लगाउनुभयो । वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको साउन १९गते आइतबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता तानासाहा र निरंकुशताका पात्र नेपाली जनताको बलले समाप्त हुने चेतावनी समेत दिनुभयो ।
अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अहिलेको ब्यबस्था प्रतिकुल नबोल्न चेतावनी दिनुभएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्र शाहा लाई संरक्षण दिएको भन्दै जथाभावी बोल्दै हिडे जनताले नागार्जुबाट निकाल्ने। प्रचण्डकाे भनाइ छ। उहाँले व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । पुल उद्घाटन कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य हरिवोल गजुरेल , प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेल र प्रतिनिधिसभा सदस्य श्याम कुमार श्रेष्ठ लगाएतका नेताहरुले मन्तव्य राख्नुभएकाे थियो ।

यो पुल बनेसंगै रामेछाप , सिन्धुली र काभ्रेका नागरिकहरुको आवतजावतमा सहजता भएको छ । करिब नब्बे मिटर लम्बाई रहेको पुल एघार बर्ष अघि निर्माण थालिएको थियो । निर्माणका लागि करिब नौ करोड लगानीमा भएको बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया