सोमबार, बैशाख १४, २०८३

नेपाली कांग्रेसको १४औं महाधिवेशन १९ महिनापछि

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु २०७७ फागुनसम्म पार्टीको १४औं महाधिवेशन गर्ने गरी विधानले तय गरेको पार्टी संरचना बनाउन सहमत भएका छन् ।

करिब एक महिनासम्म पार्टीका रिक्त संरचना कसरी गठन गर्ने भन्ने विवादमा रुमल्लिएका कांग्रेस नेताहरु निर्देशिका नै बनाएर आगामी मंसिरसम्म पार्टीका अन्तरिम संरचना बनाउने र आगामी पुसपछि महाधिवेशनको प्रक्रिया सुरु गरेर २०७७ फागुनसम्म १४ औं महाधिवेशन गर्ने गरी सहमतिमा पुगेका छन् । राजधानी दैनिकमा खबर छ ।