शुक्रबार, कार्तिक २९, २०८२

भारतीय विदेशमन्‍त्री जयशंकर नेपाल आउँदै

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन्।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागि हुन उनी नेपाल आउन लागेका हुन् ।

बैठकमा भारतबीचको सहकार्य, विवादलगायत समग्र पक्षमा राजनीतिक स्तरमा छलफल हुनेछ ।

नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन्। अन्नपूर्ण पोष्टमा खबर छ ।