अन्यायमा परेपछि अदालतबाट न्याय पाउने आस सबैमा हुन्छ । तर न्याय प्राप्ति प्रक्रियामा ठूलो रकम खर्च भएपछि पीडित निराश बन्न बाध्य हुन्छन् ।
त्रियुवा नगरपालिका ११ चप्पनकी देवीमाया कटुवाललाई यस्तै भएको छ । अदालत धाउँदा ३ वर्षमा गाडी भाडा मात्र १४ लाख रुपैयाँ बुझाएको उनले बताइन् ।

