शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए यूरोपको क्षेत्रीय भेला इटालीमा,कानूनमन्त्री ढकालको सहभागी

इटाली । गैरआवासीय नेपाली संघ (एनआरएनए )यूरोपको क्षेत्रीय बैठकमा सहभागी हुन विश्वभरीका एनआरएन इटालीमा भेला भइरहेका छन । यही ३ र ४ तारिखमा हुन गइरहेको क्षेत्रीय बैठकमा सहभागी हुन विश्वभरीबाट एनआरएन आउने क्रम शूरु भएको हो ।
एनआरएनए सम्मेलन ३ र ४ अगस्ट गरि दुई दिन चल्नेछ । सोही अवसरमा इटालीको रोममै संघको १० औं महिला भेलासमेत आयोजना गरिँदै छ । युरोपका झन्डै २० वटा मुलुकहरुमा रहेका महिलाहरुले भेलामा सहभागिता जनाउनेछन् ।

बैठकमा यूरोपका २८ राष्ट्रिय समन्वय समितीका पदाधिकारी, एनआरएन अग्रज, सल्लाहकार, संस्थापक तथा पूर्व एवं निवर्तमान अध्यक्ष, वर्तमान अध्यक्ष, मध्यपूर्व, अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न मुलुकका आइसीसी एवं एनसीसी प्रतिनिधी, पत्रकार, कलाकार लगायत गरी करीब ५ सय प्रतिनिधी सहभागी हुने अनुमान गरिएको छ ।

‘देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन’ मूल नाराका साथ हुन लागिरहेको बैठकमा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल सहभागी हुँदै हुनुहुन्छ । साथै बैठकमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य,, नेपाली कांग्रेसका नेता शेखर कोइराला, यूरोपस्थित नेपाली राजदूताबासका सबै राजदूत एवं अन्य विशिष्ट व्यक्तित्वहरु सहभागी हुँदैहुनुहुन्छ ।

भेलामा एनआरएनए संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, शेष घले पनि सहभागी हुँदै हुनुहुन्छ । आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, महिला उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्री केसी, सचिव डिवी क्षेत्री र जानुका गुरुगं, कोषाध्यक्ष हिक्मत थापा, सहकोषाध्यक्ष सोम सापकोटा, महिला संयोजक रजनी प्रधान, युवा संयोजक सुदन थापा, संरक्षक एवम् नागरिकता निरन्तरता कार्यदलका संयोजक राम प्रताप थापा, सल्लाहकार डा. हेमराज शर्मा, साथै अमेरिकाबाट पूर्व अमेरिकाज् क्षेत्रीय संयोजक सोनाम लामा, वर्तमान क्षेत्रीय संयोजक गौरीराज जोशी, अमेरिकाका निवर्तमान अध्यक्ष डा. केशव पौडेल, ओसनीयाबाट संयोजक धर्मराज अधिकारी, एनसिसी अष्टेलियाका पूर्व अध्यक्ष गणेश केसी, एसिया प्रशान्त क्षेत्रबाट संयोजक किरण विक्रम थापा, मध्य पूर्वबाट संयोजक आर के शर्मा, आइसिसी सदस्य मनोज गोरखाली, श्याम तामांगलगायत सहभागी हुँदै हुनुहुन्छ ।

यस वर्ष आगामी अक्टोवरमा आइसिसी महाधिवेशन अर्थात निर्वाचन समेत हुन गइरहेको हुँदा इटाली भेला विशेष गरि चुनावी प्यानल बनाउने केन्द्रित हुने देखिएको छ । अबको नेतृत्व तथा विभिन्न पदमा आंकाक्षीहरुसमेत बैठकमा सहभागी हुँदैछ ।

एनआरएनए यूरोप संयोजक शिवकुमार बरुवालका अनुसार बैठककै पूर्व सन्ध्यामा शुक्रबार ‘नेपाल भ्रमण वर्ष–२०२०’ युरोपको औपचारिक शुभारम्भ समेत गरिर्दैछ ।

‘देश विकासको लागि लगानी र पर्यटन प्रवद्र्धन’ मूल नाराका साथ हुन लागिरहेको बैठकमा नेपाल सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल सहभागी हुन आइपुग्नु भएको हो । साथै बैठकमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्य,, नेपाली कांग्रेसका नेता शेखर कोइराला, यूरोपस्थित नेपाली राजदूताबासका सबै राजदूत एवं अन्य विशिष्ट व्यक्तित्वहरु सहभागी भइसक्नुभएको छ ।