काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले हाल देशको पहाडी भू–भागमा सामान्य बदलीको जनाएको छ । साँझ साढे ६ बजे शाखाले जारी गरेको सूचनाअनुसार ती क्षेत्रहरुका थोरै स्थानहरुमा वर्षा भैरहेको देखिन्छ भने पश्चिम तराईका क्षेत्रमा पनि मेघ गर्जन सहित क्षणिक बर्षा हुने अनुमान गरिएको छ ।
यति बेला मनसुनको न्यून चापिय रेखा तराई भू–भाग भन्दा दक्षिण तिर अवस्थित रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । शाखाका अनुसार मनसुन न्यून चापिय रेखा बिस्तारै उत्तरतिर (नेपालतर्फ) सर्दै जाने छ।
शुक्रबार राती देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ।
शनिबार राती देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।
मौसम पूर्वानुमान शाखाका अनुसार आईतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ।
आइतबार राती देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भू–भागका केही स्थानहरुमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ ।

