संखुवासभा । सोलार प्यानलको ब्याट्री सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट भएकाे छ।
मकालु गाउँपालिका-५ आम्राङ बस्ने शुखिमाया गुरुङको घरमा सोलार प्यानलको ब्याट्री सर्ट भई बिहीबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेका लत्ताकपडा तथा भाँडावर्तन पूर्ण रुपमा जलेर करिब ११ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

