काठमाडौं । काठमाडौंसहित देशभरिकै मौसम बदली भई शनिबार केही ठाउँमा पानी परेको छ । पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा मेघ गर्जनसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीले उक्त प्रणाली काठमाडौंसहित मध्य क्षेत्रमा धेरै देखिएको बताइन ।
यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरेकी छन् ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
जारी मिति : चैत्र २३ गते (शनिबार), बिहान ६:०० बजे
चैत्र २३ गते (शनिबार) :
दिउँसोः देशको अधिकांस भूभागहरुमा सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन/चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना देखिन्छ। साथै उच्च हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भू-भागहरुमा हुरि बतास चल्ने संभावना देखिन्छ |
राति: देशको अधिकांस भूभागहरुमा सामान्यतया बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना रहेको छ। उच्च हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना देखिन्छ। तराइका भू-भागहरुमा सामान्य हुरि बतास चल्ने संभावना देखिन्छ |
चैत्र २४ गते (आइतबार):
दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।
राति: देशको पूर्वी क्षेत्रको अधिकांस भूभागहरुमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भू-भागहरुमा आंशिक बदली रहनेछ । देशको पुर्वी भू-भागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |
चैत्र २५ गते (सोमबार):
दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागकाथोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।
राति: देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वी र मध्य तराइका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

