प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलोका रुपमा रहेको देशभरका विश्वविद्यालयहरुमा राजनीतिक पहुँच र आस्थाका आधारमा उपकुलपति नियुक्ति हत्याउन विभिन्न व्यक्ति दौडधुपमा लाग्न थालेका छन् ।
यसअघि धेरै पटक लाभको पदमा बसेर भरमग्दुर फाइदा लिएका व्यक्ति नै पुनः उपकुलपति बन्न राजनीतिक रुपमा लबिङ गरिरहेका छन् । राजधानी दैनिकमा खबर छ ।

