दुई वर्षभित्र सम्पन्न गर्ने गरी सरकारले २०७३ असार २९ गतेदेखि निर्माण थालेको पथलैया–वीरगञ्ज ६ लेनको व्यापारिक मार्ग एउटा रुखका कारण रोकिएको छ ।
आयोजनाको म्याद एक पटक थप गरिए पनि गत फागुनदेखि एउटा रुखका कारण रोखिएको छ ।
स्थानीयबासीले २५ मिटर समयमै नछाड्दा र निर्माण कम्पनीको ढिलाईका कारण लम्बिएको राष्ट्रिय योजना विगत ६ महिनादेखि भने. एउटा रुखका कारण रोकिएको छ ।
पर्सा राष्ट्रिय निकुन्जको सो रुख सडक विभागले वातावरणीय प्रभाव मुल्यांकन नगरेसम्म काट्न नमिल्ने अडान लिएपछि आयोजनाको काम रोकिएको हो ।कारोबार दैनिकमा खबर छ ।