लिखु तामाकोशी गापा अध्यक्षद्धारा वडाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात प्रयास

पुष्कर खड्का,रामेछाप ।
रामेछापको लिखु तामाकोशी गाउपालिकामा गाउँकार्यपालिकाको बैठक बासिरहेको समयमा पालिका अध्यक्षले प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राई र वडा अध्यक्ष सुबास बोहरालाइ हातपातको प्रयास गरेका छ्न ।
नयाँ बजेट सम्बन्धि छलफल र लिखुतामाकोशी गाउपालिकामा विद्युतीकरणको अनुगमन गर्ने बिषयमा छलफल केन्द्रीत रहेका बेला गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्का आक्रोशमा आइ बैठकमै कुर्सी उचाली प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र राई र आफुमाथी हातपात सहित कुर्सी हान्ने प्रयास गरेको लिखुतामाकोशी गाउपालिका वार्ड न ७ तिल्पुङका वार्ड अध्यक्ष सुबास बोहराले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: