शुक्रबार, कार्तिक २९, २०८२

नेपाली अमेरिकन सामुदायिक केन्द्रको साधारणसभा अगष्ट ११ मा हुने

वासिङ्टन डिसी, अमेरिका । आगामी अगष्ट ११ तारिखका दिन नेपाली अमेरिकन सामुदायिक केन्द्र (एनएसीसी)को साधारणसभा हुने भएको छ।
सामुदायिक केन्द्रले आफ्नै सामुदायिक भवन निर्वाणका लागि केही समय अगाडि मात्रै सप्ताह आयोजना गरेको थियो।

अधिवेशनमा केन्द्रका सदस्य र स्वयंसेवकज्युहरूको सम्मान, संस्थाको विनियममा संशोधन र केन्द्रको अभियानलाई अगाडि बढाउन तदर्थ समितिहरूको चयन गर्ने समेत तयारी रहेको छ । केन्द्रले एक विज्ञप्ती जारी गर्दै केन्द्रको साधारण सभा निकै महत्वपूर्ण हुने भएकाले कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह समेत गरेको छ।

कार्यक्रम तालिका
मिति : 11th August, 201 9
समय: 1:30 – 6.00 PM
स्थान: SV Lotus Temple (12501 Braddock Road Fairfax, VA 22030)

नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC)