Nepali date


शुक्रबार, भदौ ६, २०७६

प्रहरीको गेटमा आमाबाबु तानातान, छोरी घाइते

प्रहरी कार्यालयको गेटमै पति–पत्नीबीच तानातान हुँदा छोरी घाइते भएकी छन् ।

पारिवारिक विवाद नमिल्दा किसन कामत र पत्नी सुशीला मण्डल कामतबीचको तानातानमा ६ वर्षीया छोरी नन्दनी घाइते भएकी हुन् ।

सम्बन्ध बिच्छेदका विषयमा छलफलपछि सँगै बस्न नसक्ने निष्कर्षसहित बाहिर निस्केका उनीहरुले छोरी आफूले राख्ने भन्ने विषयमा हात तानातान गरेका थिए ।

छलफलका क्रममा यातना सहेर बस्न नसक्ने बताएपछि प्रहरीले कानुनी उपचारका लागि दुवैलाई अदालत जान सल्लाह दिएर पठाएको थियो ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया