सोमबार, बैशाख १४, २०८३

प्रदेश सरकारसँग विपत्ति सामना गर्न सक्ने क्षमता छैन : मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारसँग विपत्ति सामना गर्न सक्ने क्षमता नभएको बताएका छन् ।

प्रदेश २ मा अझै बाढी र डुवानबाट प्रभावितको राहत तथा पुनर्स्थापना नभएको भन्दै उनले क्षमता र स्रोतले भ्याएसम्म काम गरे पनि धेरै काम बाँकी रहेको बताए ।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने ‘अहिले पनि राहत वितरण गर्न धेरै बाँकी छ । कतिलाई राहत पुग्यो, कतिलाई पुग्यो भनेर हेर्नको लागि हामीसँग संयन्त्र छैन । तर राहत धेरैलाई पुगेको छैन ।

मुख्यमन्त्री राउतले थपे ‘सिँगो प्रदेश लागिपर्दापनि यो विपत्ति सामना गर्ने हामीसँग क्षमता छैन । अब संघ र प्रदेश सरकार मिलेर यो विपत्तिको सामना गर्नुपर्छ । नदी तथा खोलामा तटबन्ध निर्माणलगायतका काम नगरेकाले बाढी तथा डुवानको समस्या आएको मुख्यमन्त्री राउतले बताए ।