Nepali date


शुक्रबार, भदौ ६, २०७६

ग्लोबल आईएमई बैंकको नाफा ३३ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा खुदनाफा ३३ प्रतिशत बढाएको छ । गत आर्थिक वर्षमा बैंकले २ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब १० करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

एक वर्षमा ग्लोबल आईएमईले ६९ करोड ३९ लाख रुपैयाँ खुदनाफा बढाएको बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । गत आर्थिक वर्षमा गरेको नाफाबाट बैंकले २ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने वित्तीय विवरणमा उल्लेख छ ।

समीक्षा अवधिमा बैंकले खुदब्याज आम्दानी बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ थियो । बैंकको निष्क्रिय कर्जा घटेर ०.५५ प्रतिशत विन्दुमा झरेको छ ।

निक्षेप लागत ७.१८, सीसीडी रेसियो ७८.६९, आधारदर ९.५४ र ब्याजदर अन्तर ४.४७ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ११ पैसा छ । नेटवर्थ १५८ रुपैयाँ छ ।

जगेडा कोष ३ अर्ब २० करोड ६६ लाख रुपैयाँ छ ।गत वर्ष बैंकले १ खर्ब २० अर्ब निक्षेप परिचालन गरेर १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया