सोमबार, बैशाख १४, २०८३

नेकपामा रोकियो कार्यविभाजन,ओली-दाहाल विदेश सयरमा

काठमाडौं । सत्तारुढ दल नेकपाका केन्द्रीय नेताहरुको कार्यविभाजन प्रस्ताव पछि धकेलिएको छ ।

पार्टीको केन्द्रीय विभाग अन्तर्गतको स्कुल विभागको नेतृत्वमा पूर्व पार्टीका दुई धारका बीच मतभेद बढिरहेका बेला नेताहरुले त्यसलाई सचिवालय बैठकपछि धकेलेका हुन् ।

सचिवालय बैठकपछि धकेलेर अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल विदेश भ्रमणमा निस्कन लागेपछि एकता प्रक्रियामा ढिलाइ हुन पुगेको हो । यो समाचार रामकृष्ण अधिकारीले लेखेका हुन् ।