काभ्रे । रेविज विरुद्धको भ्याक्सिन अब काभ्रेको मेथिनकोट अस्पतालमै उपलब्ध हुने भएको छ ।
काभ्रेको नमोबुद्ध नगरपालिका स्थित मेथिनकोट अस्पतालमा हिजोबाट रेविज विरुद्धको भ्याक्सिन सेवा दिन सुरु गरिएको छ ।
नमोबुद्धका नागरिकका साथै रोशी गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका साथै सिन्धुली र रामेछापका केही नागरिकले पनि उक्त सेवा लिन पाउने भएका छन् ।
कुकुरको टोकाईबाट लाग्ने रेविज रोग विरुद्धको भ्याक्सीन लगाउन अब टेकु अस्पताल पुग्नु पर्ने बाध्यता अन्त्य भएको छ ।

