शुक्रबार, कार्तिक २९, २०८२

फोहोर व्यवस्थापनमा ध्यान नदिँदा वाणगंगा नगरपालिका दुर्गन्धित

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान दिन नसक्दा दुर्गन्धित बनेको छ ।

कपिलवस्तुका नगरपालिकाहरुमध्ये वाणगंगा नगरपालिका हरेक हिसाबले अगाडी रहेको मुल्याङ्गकन गरिएपनि फोहोर व्यवस्थापन गर्न नसक्दा नगरपालिका दुर्गन्धित बनेको छ ।

फोहोर व्यवस्थापन मुख्य चुनौती रहेको नगरका ३ वटा बजेट विनियोजन हुँदा समेत आफ्नै ल्यान्डफिल्ड साईड बन्न नसक्नु लज्जासपद विषय भएको स्थानियहरुको भनाई छ ।

नगरले आर्थिक वर्ष २०७६÷०७७ का लागि विनियोजित गरेको कुल अनुमानित रकम १ अर्ब १२ करोड४७ लाखको बजेट सार्वजनिक गर्दा समेत प्रमुख चुनौतीमा रहेको फोहोर व्यवस्थापनलाई महत्व नदिनु गैरजिम्मेवार भएको स्थानीय बताउछन् ।