सोमबार, बैशाख १४, २०८३

आज देशभर मौसम सामान्य बदली रहने

काठमाडौं। आज देशभर मौसम सामान्य बदली रहने भएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदलीको अवस्था छ ।

देशका पश्चिमी पहाडी भू भागका केही स्थानहरूमा वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर रहेकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ ।