सोमबार, कार्तिक २५, २०८२

दर्जन बढि सरकारी साईटमा एकै पटक साइबर आक्रमण, ह्याकरले दिए चेतावनी

काठमाडौं । नेपालका विभिन्न सरकारी कार्यालयका वेबसाईटमा आइतबार साईबर आक्रमण भएको छ । विभिन्न ह्याकरले एकै पटक दर्जन बढि वेबसाईटमा साइबर आक्रमण गरेका हुन् । ह्याकरले ती सरकारी साइटहरु नचल्ने बनाइ दिएका छन् भने केहीमा चेतावनीपूर्ण सूचनाहरु पोष्ट गरिएको छ ।

आइतबार दिउँसै साइटहरुमा साइबर आक्रमण भए पनि साँझसम्म सरकारले यो विषयामा चासो देखाएको छैन् ।

राष्ट्रिय सूचना आयोग, नेपाल टेलिभिजन गृह मन्त्रालयको पुरानो साईट, लोक सेवा आयोग, राष्ट्रिय परीक्ष बोर्ड, मध्‍यामाञ्‍चल क्षेत्रीय सिँचाइ निर्देशनालय, व्‍यापार तथा लगानी प्रवर्द्धन केन्द्र, वन विभाग, फोहोरमैला व्‍यवस्थापन प्राविधिक सहयोग केन्द्र, कृषि सूचना तथा सञ्‍चार केन्द्र, डिएलएसओ पर्वत, जिल्ला वनस्पति कार्यालय बाँके, सामाजिक सुरक्षा कोष, गाउँपालिका¸ नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोग, सहकारी डिभिजन कार्यालय –ललितपुरलगायतका साइटमा ह्याकरहरु प्रवेश गरेका हुन् ।

सरकारी साइटहरु ह्याक गरेर र ह्याकरहरुले फेसबुक पेजमाफर्त ह्याक भएको जानकारी दिएका हुन्