काठमाडौं। भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता डा. सुर्वमण्यम स्वामीले शनिबार प्रधानमन्त्री केपी ओलीसँग भेटेका छन्। शनिबारै काठमाडौं आएक स्वामीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेको उच्च स्रोतले जानकारी दिएको छ।
हाल भारतीय संसदमाको माथिल्लो सदन राज्यसभाका सांसदसमेत रहेका स्वामी र प्रधानमन्त्री ओलीबीच के कुरा भयो भन्ने विषयमा प्रधानमन्त्रीको सचिवालयले भने केही जानकारी दिएको छैन ।
काठमाडौंमा शनिबार शुरु भएको दुई दिने एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन स्वामी नेपाल आएको जनाइएको छ । विश्व हिन्दु महासंघ आयोजनामा आयोजित एक धार्मिक सम्मेलनका प्रमुख वक्तका रुपमा उनी काठमाडौं आएको जनाइएको छ ।
सम्मेललाई सम्बोधन गर्दै स्वामीले नेपालमा हिन्दु राज्य हुनुपर्ने बताएका थिए । उनले नेपालमा हिन्दु राज्य भए त्यसलाई भारत र चीन दुबै देशले समर्थन् गर्नेसमेत बताएका थिए । स्वामी भारतीय राजनीतिमा पनि विभिन्न बिचारका कारण विवादमा आइरहने नेता हुन्।
पूर्वमन्त्रीसमेत रहेका स्वामी भारतमा मुस्लिमविरुद्ध कडा टिप्पणी गर्ने नेताका रुपमा चिनिन्छन् । दिउँसोको कार्यक्रममा हिन्दु राज्यबारे बोलाका स्वामीले प्रधानमन्त्रीसँग के कुरा गरे भन्ने विषय भने खुलाइएको छैन । स्वामी शनिबारै स्वदेश फर्किका छन् ।

