शनिबार, बैशाख ०८, २०८१

तातोपानीमा पहिरोले जिप पुरिँदा दुईको मृत्यु, सात घाइते

रसुवा । गोसाइकुण्ड गाउँपालिका–२ तातोपानी डाँडामा पहिरोले यात्रुबाहक जिप पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौंदेखि जाँदै गरेको ना १ ज ७८२४ नम्बरको जिप तातोपानी डाँडाबाट खसेको पहिरोले पुरिएको प्रहरीले जनाएको छ । पहिरोले गाडी परिँदा दुई जना मृत्यु र सात जना घाइते भएका छन् ।

घाइतेहरुको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।

मृतक र घाइतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टर मगाए पनि खराब मौसमका कारण आउन नसकेको प्रहरी नायब उपरीक्षक ढकालले बताए । उनका अनुसार घाइतेलाई अन्य उपायबाट काठमाडौं पठाउने तयारी भइरहेको छ ।