रामेछाप,पुष्कर खड्का ।
दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं. ३ मा रहेका विभिन्न बस्ती र टोलहरुमा खानेपानीको अति समस्या भएको हुँदा स्थानीय निर्वाचन २०७४ पछाडि निर्वाचित वडा अध्यक्ष श्री निशान बुढाथोकीको पहलमा विभिन्न टोल र वस्तीहरुमा खानेपानीको मुहानलाई पहिचान र परीक्षण गरी कालिञ्चोक गाउँपालिका वडा नं. ३ साविक लामिडाँडा गा.वि.स वडा नं. ६ पुटुङमा ७१ घरधुरीलाई एक घर एक धारा निर्माण कार्य सम्पन्न भएको छ । त्यसैगरी सोही वडाको गेडुले बुल्लासे टोलमा ३ वटा आयोजनाको जम्मा ३८ घरधुरीलाई एक घर एक धाराको कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै सोही वडाको करमथली बुढाथोकी टोलमा ४२ घरधुरीलाई एक घर एक धारा कार्यक्रम सम्पन्न भएको छ र लामबारी पोखरे टोलका लागि जुँकेपानी मुहानलाई लिफ्टीङको माध्यमबाट खानेपानी पम्पीङ गरि ४० घरधुरीलाई शुद्ध र सुरक्षित खानेपानीको व्यवस्था मिलाएको छ ।र लामबारी पोखरे टोलका लागि जुँकेपानी मुहानलाई लिफ्टीङको माध्यमबाट खानेपानी पम्पीङ गरि ४० घरधुरीलाई शुद्ध र सुरक्षित खानेपानीको व्यवस्था मिलाएको छ । त्यसैगरी तल्लो काउले खानेपानी आयोजनाको पनि एक घर एक धारा कार्यक्रम सम्पन्न भएको छ । कालिञ्चोक गाउँपालिका वडा नं. ३ सिंगटी बजारमा पनि एक घर एक धारा कार्यक्रम लागु गर्ने नीति भए तापनि केही प्राविधिक समस्याले त्यो सम्पन्न हुन सकेको छैन । आ।व। ०७६/०७७ मा त्यस क्षेत्रमा पनि कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी कालिञ्चोक गाउँपालिका वडा नं. ३ मा ७४१ घरधुरी रहेका छन् सो मध्ये ४० प्रतिशत बस्तीहरुमा एक घर एक धाराको कार्यक्रम सम्पन्न भइसकेको छ । बाँकी टोल बस्तीमा आ.व. ०७७/०७८ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी एक घर एक धारा कार्यक्रम निर्माण भएसँगै त्यहाँका उपभोक्ताहरु घन्टौँ लाइनमा बसेर लामो दुरीबाट पानी ओसारपसार गर्ने झन्झट अन्त्य भएको छ र पानी ल्याउँदा लाग्ने समयलाई बचत गरी आयआर्जन तथा उत्पादन गर्ने क्षेत्रमा सो समय खर्च गरी आर्थिक उन्नति गर्ने त्यहाँका उपभोक्ताहरुको लक्ष्य छ । एक घर एक धारा कार्यक्रम लागु भएसँगै “एक घर एक धारा करेसाबारी हराभरा“ भन्ने नाराका साथ यस वडाले सो कार्यक्रम लागु भएका क्षेत्रमा एक घर एक टनेल वितरण गरी कृषि तथा पशुपालन व्यवसायमा अगाडि बढाउने यस वडाको लक्ष्य रहेको छ । यसै वडाका वडा अध्यक्ष श्री निशान बुढाथोकी भन्नुहुन्छ, अब यस क्षेत्रका जनताहरुले कृषि तथा पशुपालन क्षेत्रमा अगाडि बढी अति पिछडिएका वर्गहरुलाई आर्थिक उन्नति गर्ने बाटो खुलेको छ ।
यसले गर्दा टोल छरछिमेक बस्ती लगायत दैनिक जीवन आइपर्ने सरसफाई सहज रुपमा गर्न सक्नेछन् र बचत भएको समय आफ्नो मेहनत र परिश्रमलाई विश्वास गरी उत्पादन क्षेत्रमा लाग्नेछन् र यस कार्यक्रमलाई सहयोग गरिदिनुहुने सेवक नेपाल र सम्पूर्ण उपभोक्ता समाजसेवीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता सहयोगहरुको निरन्तर अपेक्षा गर्दछु भन्ने भनाई वडा अध्यक्ष श्री निशान बुढाथोकीको रहेको थियो ।

