शुक्रबार, कार्तिक २९, २०८२

काँग्रेसमा महाधिवेशनबारे छलफल शुरु

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा आगामी महाधिवेशनबारे छलफल शुरु भएको छ । काँग्रेस केन्द्रीय समितिको बिहीबार बसेको बैठकमा १४ औं महाधिवेशनबारे छलफल शुरु भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए।

काँग्रेसको महाधिवेशनका लागि लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले छिटै सो विषयमा छलफल शुरु भएको हो। काँग्रेसको महाधिवेशन गर्न सम्पूर्ण समितिहरु, वडा समिति, स्थानीय तहस्तरीय समिति, क्षेत्रीय समिति, जिल्ला समिति, प्रदेश समितिको अविधेशन हुनुपर्छ । यी समितिको अधिवेशन हुनुपूर्व पार्टीका क्रियाशिल सदस्यबारे केन्द्रीय समितिले टुंगो लगाउनुपर्छ ।

त्यसैले काँग्रेस महाधिवेशनको प्रक्रिया निकै लामो हुने भएको हो । मुख्य सचिब पौडेलले भने, ‘आजको बैठकमा एजेण्डाको दोस्रो वुँदा पार्टी विधानको धारा ७२ ९४० अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा छलफल केन्द्रीत रहेको थियो ।’

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गरेका छन् । बैठक शुक्रबार पनि बस्ने मुख्य सचिब पौडेलले जानकारी दिए।