सोमबार, कार्तिक २५, २०८२

दक्षिण सर्दै मनसुन, तराईका जिल्लाहरुमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं। वर्षा गराउने मनसुनको न्यून चापीय रेखा नेपालको तराईभन्दा दक्षिणतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले जनाएको छ।

शाखाले बिहीबार साँझ ६ बजे जारी गरेको सूचनामा भनिएको छ, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ।’

शाखाका अनुसार साँझ ६ बजे देशभर आंशिकदेखि सामान्य बदली भई देशका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षा भएको थियो।

बिहीबार राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा हुनेछ । देशको पश्चिम तथा पूर्वि तराईका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान शाखाले जनाएको छ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा हुनेछ। देशको पश्चिम तथा पूर्वी भेगका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान शाखाले जनाएको छ । यस्तै शुक्रबार राती देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा हुनेछ। देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी बर्षाको सम्भावना छ।

शनीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना रहेको छ । राती देशभर आंशिकदेखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ।

शाखाले आगामी २४ घण्टामा देशका पश्चिम तथा पूर्वि तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र, नहर तीर सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।