काठमाडौं । मन्त्रिपरिषद् बैठकले दुई जना सचिवको सरुवा गरेको छ । जल तथा उर्जा आयोगको सचिवालयमा कार्यरत सचिव मधुसुदन अधिकारीलाई शहरी विकास मन्त्रालयमा र शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
नियमित पत्रकार सम्मेलनमा उनले पछिल्लो मन्त्रिपरिषद्ले गरेका विभिन्न २० निर्णय सार्वजनिक गरे ।



