पुष्कर खड्का,रामेछाप ।
रामेछापको साँघुटार बजारमा अाज बिहान भएको आगलागिमा परि ४ घर जलेर नष्ट भएका छन् । रामेछाप नगरपालिका–३ साँघुटार बजारमा अाज बिहान ८ बजेबाट करिव ३ घण्टासम्म भएको आगलाबिाट सो क्षति भएको हो ।
स्थानीय तेजबहादुर प्रधानले दिएको जानकारी अनुसार लिखु खोला छेउको पक्कि पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्कि घर जलेर नष्ट भएको छ । त्यसैगरी राजन सुवेदी, अनिष थापा र हरिमायाँ थापाको घर पनि आगलागिमा परि जलेर नष्ट भएको छ । आगो स्थानीयको प्रयाशमा बिहान ११ बजे नियन्त्रणमा लिएको उनले बताए ।गोदाममा ग्यास तथा पेट्रोल र डिजेल समेत रहेकोले आगो केही बेरमा नै फैलिएको थिया । आगो विद्युत लाइन सर्ट भएर निस्किएको आशंका स्थानीयले गरेका छन् ।आगलागिको घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शेख अदालतले घटनास्थलमा प्रहरी चौकी धोवीबाट प्रहरी निरिक्षकको नेतृत्वमा टोलि गएको बताए ।साँघुटार बजार रामेछाप जिल्लाकै पुरानो बजार हो ।
रामेछापबाट ओखलढुँगा प्रवेश गर्ने मुख्य नाकाको रुपमा सो बजार रहेको छ । झुरुप्प घरहरु रहेको सो बजारमा यस अघि पनि बारम्बार आगलागिका घटनाहरु भएको थियो ।

