शुक्रबार, बैशाख १४, २०८१

सिरिन्ज आतंक फैलाउने सन्तोष कार्की छुटे, अभद्र व्यवहार गरेको भन्दै फेरि पक्राउ परे

काठमाडौं। सिरिन्ज आतंक फैलाएको अभियोगमा पक्राउ परेका सन्तोष कार्कीलाई धरौटीमा छाडिएपछि पुनः पक्राउ गरिएको छ।

केही दिन अघि जिल्ला अदालत, काठमाडौंले कार्कीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

उनलाई सोह्रखुट्टेबाट अभद्र व्यवहार गरेको भन्दै पुनः पक्राउ गरिएको प्रहरी परिसर, काठमाडौंका प्रवक्त होविन्द्र बोगटीले बताए।

उनलाई महानरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको प्रवक्ता बोगटीले जानकारी दिए।

यसअघि ३० वर्षीय सन्तोष कार्कीलाई प्रहरीले असार १२ गते राती १० बजे पक्राउ गरी भोली पल्ट सार्वजनिक गरेको थियो।

तर उनले आफूले सिरिन्ज नभई काटीले महिलालाई घोचेको बताएका थिए।