बिहिबार, बैशाख ०६, २०८१

आज देशका केही ठाउँमा वर्षा, मनसुनी गतिविधि कम हुँदै जाने

काठमाडौ। आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ ।

देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ ।

देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली भई देशका पूर्व र पश्चिमका केहि स्थानहरुमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बादल लागेको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू भाग भन्दा अझै दक्षिण तिर सर्ने मौसमविद्हरुको भनाइ छ । जसका कारण मनसुनी गतिविधि कम सक्रिय हुदै जानेछ ।