सोमबार, बैशाख १४, २०८३

दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । दोलखाको सिंगटी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ५ बजेर ५८ मिनेट जाँदा सिंगटी केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का दोलखासहित रामेछाप, काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।