Nepali date


शनिबार, भदौ ७, २०७६

पूर्व विदेशमन्त्री बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने पक्का

लन्डन । बेलायतको प्रधानमन्त्री लन्डनका पूर्व मेयर बोरिस जोन्सन भएका छन् । टेरेजा मेको राजीनामापछि सत्तारुढ कञ्जरभेटिभ पार्टीको नयाँ नेता चुनिएसँगै पूर्व विदेशमन्त्री बोरिस जोन्सन देशको प्रधानमन्त्री हुने पक्का भएको हो । जोन्सन सन् २००८ देखि ०१६ सम्म लन्डन मेयर थिए ।

विदेशमन्त्री जेरेमी हन्टलाई दलको नेतामा पराजित गरेर जोन्सन बेलायतको प्रधानमन्त्री भएका हुन्। बुधबारदेखि उनले जिम्मेवारी सम्हाल्नेछन् । मंगलबार भएको निर्वाचनमा कन्जरभेटिभका एक लाख ५९ हजार ३२० योग्य सदस्यमध्ये ८७ दसमलव ४ प्रतिशत मत खसेको थियो ।

जोन्सनले ९२ हजार १५३ मत ल्याएर नयाँ नेता चुनिए। अर्का प्रत्यासी हन्टले ४६ हजार ६५६ मत मात्र ल्याएका छन्। ५०९ मत बदर भएको थियो।

निवर्तमान प्रधानमन्त्री मेको ब्रेक्जिट डिलबाट असन्तुष्टि जनाउँदै पूर्वविदेश मन्त्री बोरिसले गत वर्ष राजीनामा दिएका थिए। तर, अहिले उनी आफैं मेलाई विस्थापित गरेर टेन डाउनिङ स्ट्रिट प्रवेश गरेका छन्। जोन्सन प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि टेरिजा मेले बधाई दिएकी छन् ।

उनी निर्वाचित भएसँ निर्वाचित भएको भन्दै संसद भवन अगाडि विरोध प्रदर्शन गरिएको छ । उनीहरुले वेस्टमिन्सटरअघि नो टु रेसिज्म (जातियता अस्वीकार) नो टु बोरिस जोन्सन (बोरिस जोन्सन अस्वीकार) लेखिएका प्लाकार्डसहित विरोध गरिरहेका छन् ।

त्यसैगरी प्रधानमन्त्री बोरिस जोन्सन भएको भन्दै शिक्षा विभाग मन्त्रीले राजिनामा दिएकी हुन् । उनले जोन्सनको क्याबिनेटमा नबस्ने भन्दै जोहन्सनकै अघि राजिनामा बुझाएकी हुन् । उनी आप्रवासीकोआवासीय अधिकारप्रति सकरात्मक धारणा भएको नेता मानिन्छन् ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया