काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शान्ति, सुरक्षा कायम गर्ने विषयमा गृह मन्त्रालय सफल रहेको बताएका छन् ।
राष्ट्र विखण्डन र पृथकतावादको चुनौती सफलतापूर्वक अवतरण गरेको सुनाउँदै थापाले सुन तस्करीको सञ्जाल र आर्थिक अपराध नियन्त्रणमा पनि गृह मन्त्रालय सफल रहेको बताएका हुन् ।
मंगलबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षे कार्य प्रगति सार्वजनिक सुनाउदै गृहमन्त्री बादलले भने, ‘अब हाम्रो चुनौती भनेको राजनीतिक स्थायित्वको हो । राजनीतिक उपलब्धीलाई रक्षा गर्ने हो ।
अन्तर्राष्ट्रिय संघसंस्थाको प्रतिवेदनको निष्कर्ष पनि नेपाल प्रहरी शान्ति, सुरक्षा कायम गर्न सफल छ भन्ने रहेको उनले बताए । तर, यसको अर्थ ‘शान्ति सुरक्षा कायम गर्न सफल’ भन्ने पनि नभएको उनले जनाए ।

