काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेकपाले पुष्पलालको स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । अन्य कम्युनिस्ट पार्टीहरुले पनि विभिन्न कार्यक्रम गर्ने तयारी गर्दैछन् ।
२००६ सालमा भारतको कोलकतामा कम्युनिस्ट पार्टीको स्थापना गर्दा सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको मुक्तिको अभिभारा पूरा गर्ने लक्ष्य पुष्पलालले लिनु भएको थियो ।
उहाँ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव हुनुहुन्थ्यो । वि.सं १९८१ असारमा रामेछापमा जन्मिएका श्रेष्ठ वैचारिक रूपले सशक्त र प्रेरणादायी नेताका रुपमा परिचित हुनुहुन्छ ।

