काठमाडौं । कण्डकी, ५ र ३ नम्बर प्रदेशकाका पहाडी तथा हिमाली क्षेत्रमा अहिले भारी वर्षा भइरहेको भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले बिहान ४ बजे जारी गरेको सूचना अनुसार हाल रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, नवलपुर, परासी, तनहुँ, गोरखा, धादिङ, लमजुङ, चितवनमा मध्ययम तथा भारी वर्षा भइरहेको छ ।
पर्सा, बारा, मकवानपुर, रौतहट, सिन्धुली र आसपासका क्षेत्रमा पनि मध्यम तथा भारी बर्षा भईरहेको र थप हुने देखिएकाले ससाना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने महाशाखाले भनेको छ । सम्भावित जोखिम तथा क्षति कम गर्न सतर्क रहनुपर्ने देखिएको छ ।

