शनिबार, बैशाख ०८, २०८१

एनआरएनए जापानको क्युस्युको संयोजकमा देवराज उप्रेती सर्वसम्मत

जापान । गैरआवासिय नेपाली संघ (एनआरएनए)जापानको क्युस्यु क्षेत्रिय समितिको संयोजकमा देवराज उप्रेती सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

आईतबार क्युस्यु क्षेत्रीय कार्यसमितिको छैटौं अधिवेशनले संयोजकमा उप्रेती सहित सम्पूर्ण कार्यसमितिलाइ सर्वसम्मत रुपमा चयन गरेको हो ।

एनआरएनए क्युस्युले उप्रेतीको संयोजकत्वमा २०१९-२०२१ कार्यसमितिमा उपसंयोजकमा मोहनसिंह मादाई,सचिन नेम्वागंलाई चयन गर्दा महिलातर्फ हेमा पाण्डे सह-संयोजक,सचिव तर्फ बसन्त घर्ति मगर तथा बिबेक बुढाथोकी तथा कोषाध्यक्षमा नारायण सुवेदी चयन हुनुभएको छ । सह कोषाध्यक्षमा सुनिल श्रेष्ठ रहनुभएको छ ।

सदस्य तर्फ प्रकाश लामिछाने, रिपुहरी सापकोटा तथा भिम बहादुर बुढाथोकी सहित कृष्णहरी पाठक, तेज बहादुर गुरुगं ‘सुनिल’ र मिनु सापकोटा महिला सदस्यमा चयन हुनुभएको छ । क्युस्यु अधिवेशन सफल पार्न एनआरएनए केन्द्रको तर्फबाट धर्म राज अधिकारी, टंक गैरे, देविलाल भण्डारी, शिब पौडेल, लक्ष्मण बानिया, छत्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।