Nepali date


आइतवार, मंसिर २९, २०७६

आईसीसी टि ट्वान्टी विश्व कप क्रिकेटमा कतारसँग भिड्दै नेपाल

काठमाडौं। आगामी वर्ष अष्ट्रेलियामा हुने आईसीसी टि ट्वान्टी विश्व कप क्रिकेटका लागि एसिया छनोट सोमबार सिंगापुरमा शुरु भएको छ । एसिया छनोटमा सहभागी टिम मध्ये सबैभन्दा बलियो मानिएको नेपालले पहिलो खेल मंगलबार कतारसँग खेलेर शुरु गर्दैछ ।

पाँच टिम सहभागी प्रतियोगिताको उपाधि जित्ने टिमले ग्लोवल छनोट खेल्नेछ । १३ टिम सहभागी हुने ग्लोवल छनोटको शीर्ष ६ मा रहने टिमले आगामी टि ट्वान्टी विश्व कप खेल्ने छन् ।

एसिया छनोटमा नेपाललाई खासै गाह्रो नहुने अनुमानहरु गरिए पनि सोमबार घरेलु टिम सिंगापुरले कतारमाथि हात पारेको जितले नेपालले कडा प्रतिस्पर्धी फेला पार्ने निश्चित देखिएको छ । सोमबार सिंगापुरले पहिला ब्याटिंग गर्दै १८६ रन बनायो । जवाफी ब्याटिंग गरेको कतारले पनि १५३ रन बनायो ।

परम्परागतरुपमा नेपाल ब्याटिंगमा कमजोर छ । हालसम्म नेपालले टि ट्वान्टीमा बनाएको उच्च स्कोर हालै मलेसियासँगको सिरिजमा बनाएको १७६ रन हो । त्यसैले पनि सिंगापुरको ब्याटिंग लाइनले नेपाललाई समस्या खडा गर्न सक्छ । सिंगापुरसँग नेपालले प्रतियोगिताको अन्तिम खेलका रुपमा आगामी २८ जूनमा प्रतिस्पर्धा गर्नेछ । त्यस अगाडि नेपालले कतार, मलेसिया र कुवेतसँग खेल्नेछ । यी तीन खेलमा नेपालले आफ्नो क्षमताको मुल्यांकनमात्र गर्नुपर्ने छैन, जित पनि हात पार्नुपर्नेछ ।

मंगलबार प्रतियोगिताको पहिलो खेल जित्नै नेपाल शुखद् शुरुआत गर्न चाहन्छ । नेपालले हालै मलेसियासँगको सिरिज क्लिन स्वीप गरेकाले पनि नेपाल जितको ट्र्याकमा छ । यद्यपी नेपालले ब्याटिंग समस्या भने कायमै छ । तर, पनि नेपालको ब्याटिंगलाई मध्यक्रमले धानिरहरको छ भने जितको आधार बलिंग बन्दै आएको छ । त्यसैले कतारसँगको खेलमा नेपालले ब्याटिंग लाइन बलियो हुने गरी र बलिंग कमजोर नहुने गरी प्लेइङ सेट बनाउनुपर्ने देखिन्छ । ब्याटिंग र बलिंगको सन्तुलन मिलाउनु नेपालका लागि महत्वपूर्ण छ ।

टिमका वरिष्ठ खेलाडी उपकप्तान ज्ञानेन्द्र मल्ल फर्ममा नहुनु नेपालको चिन्ताको विषय भए पनि उनलाई टिमबाट बारिह राख्ने सम्भावना छैन।

नेपालको ब्याटिंग कप्तान पारस खड्कामा केन्द्रित हुने देखिन्छ भने बलिंगमा सोमपाल कामी, सन्दीप लामिछाने र करण केसी नै प्रमुख हतियार हुन् । सोमपाल र करण शुरुआती स्पेलमा विकेट लिन सक्षम छन् भने सन्दीप विश्वस्तरीय लेग स्पीनर हुन् ।

नेपालको सम्भावित प्लेइङ सेट यस्तो हुन सक्छ

पारस खड्का (कप्तान), प्रदिप ऐरी, ज्ञानेन्द्र मल्ल (उपकप्तान) दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, सरद भेषवाकर, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाष बोहोरा वा ललीतनारायाण राजवंशी ।

पीचले स्पीन बलिंगलाई सहयोग गर्ने सम्भावना देखिए बोहोराको स्थानमाा राजवंशीले मौका पाउन सक्छन् भने फास्ट बलरलाई सहयोगी पीच भए बोहोराले मौका पाउने सम्भावना छ ।

ओपनिंग पनि नेपालको कप्तान खड्का र प्रदीप ऐरीबाटै हुने सम्भावना छ । यद्यपी नेपालले मलेसियासँगको खेलमा पवन सर्राफलाई पनि प्रयोग गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया