शुक्रबार, चैत १६, २०८०

लालबन्दीदेखि निजगढसम्म रेलमार्ग निर्माणको प्रक्रिया,टेन्डर भएर कम्पनी छनोट

काठमाडौं । सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गको दोस्रो खण्डमा काम थाल्ने तयारी गरेको छ । महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीम्म ३० किलोमिटरको खण्डमा ट्रायक तथा पुल निर्माणको काम गरिरहेको सरकारले अब लालबन्दीबाट बाराको निजगढसम्म रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाएको हो ।

यसका लागि टेन्डर भएर कम्पनी पनि छनोट भइसकोका छन् । लालबन्दीबाट निजगढसम्म रेल्वे ट्रयाक बेड निर्माण गर्न रेल विभागले गत वैशाख २३ मा टेन्डर आह्वान गरेको थियो । विभिन्न ८ वटा खण्डमा हाल ८ वटा कम्पनी यो कामका लागि छानिएका छन् ।

निजगढसम्म रेल्वे ट्रयाक बेड बनाउन ५ अर्ब ५७ करोड ६१ लाख ५५ हजार २०५ रुपैयाँमा ठेक्का लाग्दैछ । विभिन्न ८ वटा निर्माण कम्पनीले यो कामको जिम्मा पाउँदैछन् ।

यो खण्डमा रेलमार्ग निर्माणका लागि सन्तोषी/कन्टेक/स्वच्छन्द जेभीले एउटा खण्डमा ६५ करोड ८४ लाखमा ठेक्का पाएको छ । त्यसैगरी अर्को खण्डका लागि लुम्बिनी/एपेक्स/खानी जेभीले ७० करोड ७२ लाखमा ठेक्का हात पारेको छ । रैाताहा/हिमडुङ एन्ड थोकर/कन्काई जेभीले ७० करोड ५५ लाखमा अर्को खण्डमा ठेक्का पाएको छ ।

लामा/गोल्डेनगुड/विरुवा जेभीले ६९ करोड ६८ लाखमा, रोशन/कुमार/श्रेष्ठ जेभीले ७० करोड ५१ लाख र कालिका/तुँदी/रसुवा जेभीले ६९ करोड ७६ लाखमा फकर-फरक खण्डमा काम ठेक्का हात पारेका छन् । त्यसैगरी पीएस/आशिष/महादेव/खम्ति जेभीलेले र ७० करोड ६७ लाख र शर्मा/गजुरमुखी जेभीले ७० करोड ३६ लाखमा पनि थप खण्डमा जिम्मा पाएका छन् ।

विभागले कम्पनीहरुको ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेको छ । अब यी कम्पनीसँग ठेक्का समझौता भएर वषर्ालगत्तै रेलमार्गलाई निजगढसम्म विस्ताार गर्न काम सुरु हुने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पटक-पटक आगामी ४ वर्षभित्र निजगढसम्म रेल चलाउने बताउँदै आएका छन् । जनकपुर-जयनगर रेलमार्गको निर्माण सकाएर ब्रोडगेज रेल चलाउने तयारीमा रहेको सरकारलाई अबको ४ वर्षभित्रै निजगढसम्म रेल चलाउन सहज अवस्था भने छैन ।

हाल काम भइरहकै खण्डमा पनि प्रगति सन्तोषजनक नभएकाले सरकारले दावी गरेअनुसार फास्ट ट्र्याक निर्माण भइसक्दा निजगढमा रेल पनि ल्याइपुर्‍याउने योजना पुरा गर्न कठीन हुनेछ । महानिर्देशक मिश्र जयनरबाट आउने रेललाई निजगढसम्म ल्याउन अब बेड ट्रयाक निर्माणका भइसकेको खण्डमा स्टेशनहरु निर्माण गर्न ठेक्का आह्वान हुने बताउँछन् । यस्तै लालबन्दी-निजगढ खण्डमा आवश्यक पुलहरु निर्माणका लागि पनि छुट्टै टेन्डर आह्वान हुने उनले बताए ।

‘हामी तोकिएको समयभित्र निजगढसम्म रेल चलाउँछौं,’ उनले भने, ‘बेड ट्रयाक निर्माणसँगै रेलको लिक बिछ्याउने लगायतका काम पनि अघि बढाउन पूर्वतयारी सुरु भएको छ । त्यो काम गर्न धेरै समय लाग्दैन ।

रेलमार्गहरुको निर्माणलाई प्रतिष्ठाको विषय बनाएको सरकारले यस कार्यका लागि आगामी वर्षमा पौने ८ अर्ब बजेट विनियोजन गरेको छ ।