Nepali date


शुक्रबार, भदौ ६, २०७६

रुद्राक्ष बेचेर बार्षिक ४ लाखसम्म आम्दानी

अछाम । अछाम मंगलसेन नगरपालिका वडा नम्बर ४ का भवान सिंह धामीले व्यवसायिक रुपमा रुद्राक्षको खेती गर्दै आउनुभएको छ ।

उहाँले रुद्राक्ष बेचेर बार्षिक ४ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । भवान सिंह धामीले २०५८ सालमा परीक्षणका लागि पोखराबाट ल्याएर दुईवटा रुद्राक्षका बिरुवा रोप्नुभएको थियो ।

अहिले उहाँको घरबारीमा रुद्राक्षका २५ बोट छन् । अछाममा व्यवसायिक रुपमा रुद्राक्ष व्यवसाय गर्नेहरु धेरै नभएपनि उहाँको रुद्राक्ष व्यवसाय भने फस्टाउदै गएको छ । धामीले सदरमुकाम मंगलसेनमा पसल सञ्चालन गरेरे आफूले उत्पादन गरेको रुद्राक्षको व्यापार गर्दै आउनुभएको छ ।

रुद्राक्षको मुल्य सरकारी स्तरबाटै निधारण गरेको छ । १ देखी १४ मुखिसम्मको रुद्राक्ष सर्वसुलभ रुपमा उपलब्ध हुन्छन् । एकमुखी र नौं मुखी रुद्राक्ष दुर्लभ मानिन्छ । यसको बजार भाउ पनि राम्रो रहेको व्यवसायिहरु बताउँछन् ।

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया