काठमाडौँ । काठमाडौँमा रोकिराखेको ट्रिपरमा ठोकिएर स्कुटर चालकको ज्यान गएको छ।
शुक्रबार राति काठमाडौँको केशरमहल चोकमा साईड लगाएर रोकिराखेको ना ३ ख ७५६१ नम्बरको ट्रिपरमा बा ९२ प ६५ ६५ नम्बरको स्कुटर ठोकिँदा बुढानीलकण्ठका ३५ वर्षीय चालक सञ्जय ठकुरीको ज्यान गएको हो। उनको कलंककीस्थित नेपाल नेशलन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।
उक्त दुर्घटनामा परि अर्का एक जना घाइते भएका छन्। स्कुटर पछाडि बसेका कलंकीका विशाल लुइँटेलको ट्रमा सेन्टरमै उपचार भैरहेको प्रहरीले जनाएको छ।

