धादिङ । धादिङमा कुल प्रभावितमध्ये ७५ प्रतिशतले घर बनाईसकेका छन् भने बाँकी २५ प्रतिशत प्रभावित भने सरकारी अनुदानको आशमा छन् ।
भूकम्पका कारण घर भत्किएका कतिपय प्रभावितहरु भने अहिलेसम्म टहरामै छन् । थाक्रे गाउँपालिका वडा नम्वर ९ केबलपुरका रामचन्द्र इटनीले भूकम्पले भत्किएको घर अझै बनाउन सक्नुभएको छैन ।
आर्थिक अवस्था कमजोर हुँदा र सरकारले दिने अनुदानको रकम पाउनको लागि लाभग्राही सूचीमा नाम नपरेपछि बासुदेव श्रेष्ठलाई पनि समस्या भएको छ ।
सरकारको आश गर्दागर्दै ३ बर्ष बितेपछि ऋण गरेरै घर बनाउनुभएका अन्नपूर्ण श्रेष्ठलाई अहिले ऋण कसरी तिर्ने भन्ने चिन्ता छ ।

